तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन्।

मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ।
मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ। खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ।

दुई महिनाअघि प्रतिलिटर ३५० रुपैयाँ मूल्य रहेको यो तेलको मूल्य हाल ३६०रुपैयाँ पुगेको छ।

तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ।

दुई महिना अघिसम्म प्रतिकिलो ६० रुपैयाँ देखि  ७० रुपैयाँ पर्ने गेलभेँडाको मूल्य बढेर अहिले १६० रुपैयाँ पुगेको छ।

यसैगरी प्रतिकिलो भिन्डी  ७० रुपैयाँ, काउली ९० रुपैयाँ, रायो १०० रुपैयाँ, घिउसिमी ७० रुपैयाँ, तनेबोडी १०० रुपैयाँ नयाँ आलु  ६० रुपैयाँ पुरानो आलु ३५ रुपैयाँ पुगेको छ।

प्रतिकिलो हरियो खुर्सानी १५० रुपैयाँ, लौका र फर्सी ४० देखि ५० रुपैयाँ पुगेको छ।  लौका र फर्सीको मूल्य स्थिर रहेपनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोभक्ताले बताएका छन्।

साग र तरकारीको चर्को मूल्य वृद्धिसँगै यसको कारोबार व्यापारीले किलोमा भन्दा पाउको हिसाबमा गर्न थालेका छन्। ‘साग र तरकारीको मूल्य छोइनसक्नु भएको छ’ , स्थानीयवासी डबलबहादुर बोहराले भने, ‘तरकारी र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन्।’

अर्का उपभोक्ता नारायण चौधरीले हुने खानेले बढी मात्रामा प्रयोग गरिरहेको पेट्रोल, डिजेलमा मूल्य घटाउनुपर्ने तर विपन्न वर्गको प्रयोगमा रहेको खाना पकाउने ग्यासको मूल्य नघटाउने सरकारको नीति गरिबमारा रहेको आरोप लगाए।

तराईका सहरी क्षेत्रमा यसको माग पूरा गर्न पहाडी जिल्लाबाट साग र तरकारी आउने गरेकाले वर्षामा यसको मूल्य पनि वृद्धि हुने गर्दछ तर अहिलेको वर्षामा अचाक्ली ढङ्गले मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो थियो।

मूल्य वृद्धि अस्वभाविक ढङ्गले बढ्दै गए पनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको उनीहरुको भनाइ

By Nepali Theme

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.