मेलम्चीको बाढीले फट्टेको पुलमा क्षति

सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित फट्टेको पुलमा क्षति पुर्‍याएको छ।

वर्षासँगै मेलम्चीमा पानीको बहाब बढ्दै गइरहेको छ।

फट्टेस्थित ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा बाढीले क्षति पुर्‍याएपछि स्थानीय बासिन्दालाई नदी वारपार गर्न कठिनाइ हुँदै गइरहेको छ।

मेलम्चीमा बाढी आउन थालेपछि मेलम्ची किनारमा बसोबास गर्नेहरू त्रासमा छन्।

हेलम्बु, मेलम्चीलगायत क्षेत्रका बासिन्दा त्रासमा छन्। रातमा पानी परेका बेला उनीहरू घर छाडेर हिँड्नुपर्ने अवस्था छ।

गत वर्ष असार १ मा पनि मेलम्चीमा लेदोसहित ठूलो बाढी आएको थियो।

By Nepali Theme

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.