पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्धको प्रदर्शनमा प्रहरी र अनेरास्ववियूबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौंको त्रि-चन्द्र क्याम्पसमा प्रहरी र अनेरास्ववियूका विद्यार्थीबीच झडप भएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध विद्यार्थीहरूले त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले मसाल जुलुस समेत निकालेका छन्।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

झडप हुँदा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। यता प्रहरीले पनि बल प्रयोग गरेको छ।

प्रहरीले लाठीचार्ज र केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ।

आइतबार नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको थियो। प्रदर्शनकारीहरूले एउटा गाडीमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्ला समेत दहन गरेका छन्।

By Nepali Theme

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.