बजेटमा चोरबाटो : कानुनले के भन्छ ?

जेठ १५ गते सार्वजनिक भएको नयाँ आर्थिक वर्षको बजेट संसदबाट पारित हुनै बाँकी छ। बजेटमाथि छलफल चलिरहेकै बेला अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन्।

बजेट सार्वजनिक हुनुभन्दा एक दिनअघि जेठ  १४ गते राति बजेटलाई अन्तिम रुप दिइएको थियो। बजेटलाई अन्तिम रुप दिँदा राति नै अर्थमन्त्रालयमा बाहिरको मान्छेलाई संलग्न गराइयो भन्ने आरोप मन्त्री शर्मामाथि लागेको छ।

अर्थमन्त्री शर्माले बनाएको कर्मचारीको टिमभन्दा बाहिरका दुईजना अनधिकृत व्यक्तिलाई विज्ञ भन्दै अर्थमन्त्रालयमा बोलाइएको र करका दररेटहरु काटकुट गर्न दिइएको आरोप अर्थमन्त्रीमाथि लागेको छ।

करका दरहरु समावेश हुने आर्थिक विधेयकलाई अन्तिम रुप दिँदा अर्थमन्त्री जनार्दन शर्माले बाहिरको मान्छे बोलाएको भन्दै संसदमा समेत अर्थमन्त्रीको आलोचना भइरहेको छ।

भएको के हो?
अर्थमन्त्री शर्माले बजेट लेखनका लागि अर्थ मन्त्रालयका अधिकारीहरुको टिम बनाएका थिए। चैतको सुरुमै राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बरालको संयोजकत्वमा बजेट लेखन टिम गठन भएको थियो।

टिमका सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी थिए।

यो टिमले अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव र अर्थमन्त्रीको आर्थिक सल्लाहाकारसँग समन्वय गर्नुपर्ने कार्यादेश थियो। तर, बजेटलाई अन्तिम रुप दिँदा यो टिम भन्दा बाहिरका व्यक्तिलाई विज्ञ भन्दै राति नै मन्त्रालयमा प्रवेश गराइएको आरोप अर्थमन्त्री शर्मामाथि लागेको छ।

 

By Nepali Theme

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.